काठमाडौं, चैत्र १ । लाहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समूहले लिएको छ ।
आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै उक्त समूहले बम विस्फोटको जिम्मेवारी लिएको हो ।
विज्ञप्तिमा मालपोत कार्यालयमा भ्रष्टाचार बढेको कारण कारवाहीस्वरुप बम विस्फोट गराएको बताइएको छ ।
आजको बम विस्फोट भ्रष्टाचार विरोधी अभियान अन्तर्गत भएको र भ्रष्टाचार नरोकिए कारवाही जारी राख्ने चेतावनी पनि दिइएको छ ।
बम विस्फोटमा परेर कार्यालयका दुई कर्मचारीसहित आठ जना घाइते भएका थिए।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ। गम्भिर घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्