काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सुरक्षाका लागि सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
सरकारसँग भएको तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षार्थ सरकारले नेपाल प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियो ।
तर, महासचिव विप्लवले आफूलाई अहिले सरकारी सुरक्षाकर्मी आवश्यक नभएको भन्दै फिर्ता पठाएको केन्द्रीय सदस्य दीपक चलाउने जानकारी दिए ।
‘गृह मन्त्रालयले सुरक्षाकर्मी चाहिन्छ भने राख्नु नै भन्ने कुरा गरेको थियो । तर, महासचिवज्यूले चाहिँदैन भन्ने कुरा गर्नु भएको हो । त्यहीँ कारण सरकारले खटाएका सुरक्षाकर्मी फिर्ता पठाएका हौं,’ चलाउनेले भने ।
आफ्नो प्रतिकृया दिनुहोस्