काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले संसद बैठक आह्वान गरेकी छिन् । सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे संसद बैठक आह्वान गरेकी हुन् ।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशन दिएको थियो । त्यसलगत्तैै शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो।
सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । प्रतिनिधि सभा बैठकले नयाँ सरकार चयनको प्रक्रिया अगाडी बढाउने छ ।
आफ्नो प्रतिकृया दिनुहोस्