सप्तरी । अपहरण मुद्दामा अदालतले सजाय सुनाइसकेका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादव १० वर्षपछि पक्राउ परेका छन् ।
छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका यादवलाई उनकै घरबाट पक्राउ गरेको हो ।
यादवसहितको समूहले साविकको बरही वीरपुर गाविस– ५ का १७ बर्षीय सञ्जीव कुमार साहलाई २०६७ साल कात्तिक २६ गते साँझ छठ पर्व मनाउन घाटतर्फ जाँदै गर्दा अपहरण गरेको थियो ।
उनीहरुले परिवारका सदस्यसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । युवकको परिवारका सदस्यले १३ लाख ५ हजार रुपैयाँ फिरौती बुझाएका थिए अपहरित युवक हालसम्म बेपत्ता छन् ।
अपहरण सम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७३ साल भदौ १५ गते यादवलाई ९ बर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्