काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । घाईते हुनेमा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक रहेका छन् ।
किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार घटनामा संलग्न भएको आरोपमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकाश तामाङ पक्राउ परेका छन् ।
ती युवाले डेरीमा राखेको एसिड छ्याप्दा उनीहरु घाइते भएका हुन् । पानी माग्दा डेरीमा दूधको फ्याट नाप्न प्रयोग हुने एसिड ग्यालिन परेको प्रहरीको भनाइ छ । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए । प्रहरीले सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्