काठमाडौं, ८ चैत्र । ५६ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिबसको अबसरमा संयुक्त राजनितिक दलित शंघर्ष समिति र संयुक्त दलित अधिकार मंचको नेतृत्वमा आयोजना गरिएको र्याली तथा सभा सफलता पुर्वक सम्पन्न भएको छ ।
सान्तिबाटिकाबाट सुरु गरिएको र्याली बसन्तपुर डबलीमा गएर सभाको रुपमा परिणत भएको हो ।

वृहत् सभा कार्यक्रममा जसपाका केन्द्रीय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्य रहेको थियो भने संयुक्त राजनैतिक दलित शंघर्ष समितिका संयोजक खिम बहादुर विश्वकर्मा, संयुक्त दलित अधिकार मंचका अध्यक्ष दुर्गा बराईली, नेकपा विप्लव समुहका वार्ता कमिटिका सदस्य उदय चलाउने दिपक लगायतको आतिथ्य रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्