काठमाण्डौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयमा कार्यरत ३१ सहसचिवलाई सरुवा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव खगेन्द्र प्रसाद रिजाल र शिव कुमार कार्की गृह मन्त्रालयमा सरुवा भएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई गृह मन्त्रालय, लगानी बोर्डका धमेन्द्र कुमार मिश्रलाई मधेसी आयोग, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
रक्षा मन्त्रालयका सहसचिव राम प्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा सरुवा गरिएको छ ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घ राज मैनालीलाई अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका आनन्द काफ्लेलाई अर्थ मन्त्रालय, अर्थ मन्त्रालयको गजेन्द्र ठाकुरलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।


आफ्नो प्रतिकृया दिनुहोस्