काठमाडौं । नेपाल कम्युनिष्ट्र पाट्री नेकपाका प्रचण्ड-नेपाल समुहको नेता रामकुमारी झाँक्री रिहा भएकी छन्।
महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको हो । श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरीले जनाएको छ।
सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।
प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।
आफ्नो प्रतिकृया दिनुहोस्