काठमाडौं । प्रगति नेपालद्वार आयोजित स्वरोजगार, स्वाबलम्बी आत्मनिर्भर तथा एकल महिलाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
पुर्व पशुपन्छी विकासमन्त्री शान्ता मावजिको प्रमुख आतिथ्यमा क्रिष्टलको चुरा, पोते, औठी, टप बनाउने तालिम उद्घाटन तथा एकल महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम मंगलबार सम्पन्न गरिएको हो ।
सम्मानित हुने महिलाहरुमा राधीका गौतम, राधीका खतिवडा, कमला खनाल, सबिना कार्की, गोकणेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, मानव अधीकार संगठनका अध्यक्ष, शान्ति नेपालका उषा पोखरेल, युनिस्कोका रोसनी देवी कार्की, कमला घिमिरे, कल्पना सर्मा र लक्ष्मि प्रशाद प्रसाई रहेका छन् ।
सम्मानित् व्यक्तिहरुले कुनै पनि पेशामा आवद्ध भएता पनि समाजमा समर्पित् रहेर सामाजिक सेवा गर्दे आएको प्रगति नेपालका अध्यक्ष दुर्गा थापाले बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्