काठमाडौं । नेपाली सेनाका करीब १० बख्तरबन्द गाडीले गए राति चक्रपथ परिक्रमाको अभ्यास गरेका थिए । सेनाको नियमित अभ्यास अनुसार नै ती गाडीले चक्रपथको चक्कर लगाएको हो ।

देशका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि यही माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास हुने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन् ।

नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने उद्देश्यले सेनाले त्यसबारे सूचना जारी गरेको थियो ।

सेनाले आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि यसखाले नियमित अभ्यास गर्दै आएको छ । विगतमा यस्तो अभ्यास सीमित स्थानमा हुने गथ्र्यो ।

सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने उद्देश्यले रातका समयमा उक्त अभ्यास गरिएको सेनाले जनाएको छ ।


आफ्नो प्रतिकृया दिनुहोस्