काठमाडौँ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले आफूपक्षीय सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि आगामी रणनीति तय गर्नका लागि उक्त समूहले सांसदहरुसँग छलफल गर्न लागेको हो ।
छलफलका लागि प्रचण्ड र माधव नेपाल आजै चितवनबाट काठमाडौँ आउँदै छन् ।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्री ओलीेको कदमलाई असंवैधानिक ठहर गर्दै उनको निर्णयलाई बदर गरेको थियो ।
सर्वोच्चको फैसला लगत्तै नेकपाका दुबै खेमा यतिखेर छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूनिकटका स्थायी कमिटीका सदस्यहरुसँग ११ बजे छलफल गर्दै छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्