काठमाडौं । गुल्मीमा केही दिन अघि घरमा मृत फेला परेका एक बृद्धको हत्याको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।
फागुन ८ गते साझ जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ साबिक धोर्गा गाबिसको झमेरेपोखराका ८७ वर्षीय वृद्ध नन्दकुमार ज्ञवाली घरमा मृत फेला परेका थिए।
प्रहरीले अनुसन्धानका क्रममा उनकी ४२ वर्षीया कान्छी बुहारी मनकला ज्ञवालीले हत्या गरेको आशंकामा पक्राउ गरि फागुन ९ गते अदालतमा म्याद थप गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मिले जनाएको छ । प्रहरीका अनुसार मृतकको टाउकोमा चोट छ ।
आफ्नो प्रतिकृया दिनुहोस्