काठमाडौं । काठमाडौंको दरबारमार्ग व्यापारिक केन्द्र हो । यो क्षेत्रमा कुनै पनि राजनीतिक दलको कार्यक्रम हुने गर्दैन । राजनीतिक दलहरुले कुनै कार्यक्रम गर्नु परे रत्नपार्क, भृकुटीमण्डप, माइतीघर मण्डला, बसन्तपुर डबली, नयाँ बानेश्वरलगायतका स्थानहरुमा गर्छन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते अर्थात यही आउने शुक्रबार दरबारमार्गमा आमसभा गर्ने भनेपछि त्यस क्षेत्रका व्यापारी आतंकित बनेका छन् । दरबारमार्गका व्यापारीहरुले त्यस क्षेत्रमा नगर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेका छन् ।
एउटा राजनीतिक पार्टीले दरबारमार्गमा आमसभा गर्दा अन्य पार्टीले पनि दिनहुँ आमसभा गर्ने कुरालाई नकार्न सकिन्न । त्यसले व्यापार चौपट हुने व्यापारीहरुको भनाइ छ ।
यसैलाई मध्येनजर गर्दैै दरबारमार्गका व्यापारीले २३ गते शुक्रबार दरबारमार्गका पसलहरु बन्द गर्ने निर्णय गरेका छन् । यो क्षेत्रमा एक दिनमात्र पसल बन्द गरेपनि लाखौँ घाटा हुने गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्