• हाम्रो बारेमा
  • हाम्रो समूह
  • बिज्ञापन गर्नुहोस्
  • सम्पर्क गर्नुहोस्
Date
बिहि, फाल्गुन २१, २०८२
Thu, March 5, 2026
Dial 100 News
  • गृह पृष्ठ
  • समाचार
  • अपराध समाचार
  • नेपाल प्रहरी
  • सशस्त्र प्रहरी
  • नेपाली सेना
  • बिशेष
  • फोटो फिचर
    • सबै
    • अन्य
    • अपराध समाचार
    • आर्थिक अपराध
    • नेपाल प्रहरी
    • नेपाली सेना
    • पत्रपत्रिका
    • फिचर समाचार
    • फोटो फिचर
    • बलात्कार
    • बिशेष
    • ब्रेकिङ्ग समाचार
    • भिडियो
    • समाचार
    • सशस्त्र प्रहरी
    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

    तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

    ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक

    सार्वजनिक बिदाको दिन पनि बैंक खाेल्न निर्देशन

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    आज हाेली अर्थात् फागु पूर्णिमा, उपत्यकासहित पहाडी जिल्लामा मनाइँदै

    मेडिकल व्यवसायी प्रसाईंलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

    छुटेको चारदिनपछि फेरि समातिए दुर्गा प्रसाईँ

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ७ दिन सार्वजनिक बिदा

    समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    निर्वाचन चार दिन बाँकी : चुनावका दिन कुनकुन सवारी साधन गुड्न पाउँछन् ?

    Trending Tags

    • भिडियो
      डायल १००  विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डायल १०० विशेष खुलासा : त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      डेढ करोड रुपैयाँ बढी ठगी अभियोगमा साइरस सहकारी र साइरस कलेजका सञ्चालक पक्राउ !

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काएपछि…

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      एसएसपी धानुकको लापरवाहीले गौचनको हत्या, सुचना पाउँदा पनि निरिह बने एसएसपी !

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      ओली सरकारमा गएपछि प्रहरीको ‘बिग अप्रेशन’ : इन्काउन्टरमा गुण्डानाइके मनोज पुन मारिए

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      दोलखाको त्यो घटना सम्झनुहुन्छ ? प्रहरी हिरासतमा रहेको रविको यसरी भएको थियो मृत्यु

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन  – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

      गुण्डागर्दीले कुनै हालतमा छुट पाउदैन – रामेश्वर कार्की, प्रहरी नायव उपरीक्षक

    • अन्य
    No Result
    View All Result

      आकर्षक पर्यटकीय गन्तव्य बन्दै चतराको कोशी पुल

      Dial 100 News by Dial 100 News
      ५ वर्ष अगाडि
      in समाचार
      0
      आकर्षक पर्यटकीय गन्तव्य बन्दै चतराको कोशी पुल

      FILE PHOTO

      0
      हेरिएको
      फेसबुकमा बाढ्नुहोस्ट्विटरमा बाढ्नुहोस्गुगलमा बाढ्नुहोस्

      धरान । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक स्थान पनि बनेको छ ।

      यतिबेला पुल आसपासमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । एसियाली विकास बैंकको सहयोगमा पाँच वर्षअघि पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पुल हेर्नकै लागि पनि धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट स्थानीयवासी आउने गरेका छन् । कोशी पुलदेखि वरपर आधा दर्जन स्तरीय होटल सञ्चालनमा रहेका छन् भने अरु आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय नागरिकले यहाँका स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।

      हिजोआज दैनिक करिब ५०/६० जना पर्यटक पुल हेर्नकै लागि मात्र यहाँ आउने गरेको स्थानीय व्यापारी शरद कोइरालाले बताउनुभयो । आफ्ना कामले पूर्वपश्चिम यात्रा गर्ने यात्रु पनि केही समयसम्म सवारी रोकेर तस्वीर खिच्ने र यसो रमाउने गरेको देखिन्छ । पुल नजिक कोशी किनारमा वनभोज खानेको भीड लाग्न थालेको कोइरालाले बताउनुभयो । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट बराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेट बोट चढ्न र वनभोज खान आउने गरेको कोइराला बताउनुहुन्छ ।

      सामाजिक सङ्घसंस्था, विद्यालय र साथीभाइ समूह बनाएर कोशी पुलमा वनभोज खान आउनेको सङ्ख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनुभयो । वनभोज खानेको सङ्ख्या बढेपछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा शौचालय तथा अन्य आवश्यक न्यूनतम पूर्वाधार निर्माण गरिदिएको छ ।

      स्थानीयवासी मोहन खड्काका अनुसार शनिबार १०० भन्दा बढी समूह वनभोज खान आउने गरेका छन् भने अन्य दिन दैनिक पाँचदेखि सात वटासम्म समूह वनभोज खान आउने गरेका छन् । वनभोज खान आउनेहरु यसैमा मात्र सीमित नभएर बोट चढ्ने, कोशी नदीमा पौडी खेल्ने र नाचगान गरेर मनोरञ्जन लिइरहने मानिसको जमघट दिनप्रतिदिन बढ्दै गएको खड्काले बताउनुभयो ।

      धरानबाट पारिवारिक वनभोजमा जानुभएकी इन्दु खड्काले कोशी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताउनुभयो । “बोटिङ, फिसिङ, स्वीमिङमा यहाँ रमाउन सकिनेरहेछ । अझ प्याराग्लाइडिङ गर्नेहरुका लागि पनि सुविधा रहेकोले धेरै मजा आउँछ”, गत शनिबार वनभोजस्थलमा भेटिनुभएकी खड्काले भन्नुभयो ।

      खानेपानी र फोहर व्यवस्थापनको समस्या

      दैनिक आन्तरिक पर्यटक वनभोज खान आउने गरे पनि वनभोज क्षेत्रमा खानेपानीको अभाव छ । खोलाको बगर भएका कारण बसेर खानेकुरा पकाउने, खानका लागि असुविधा हुने गरेको वनभोज आउनेहरुले बताएका छन् । जेट बोट पनि त्यही किनाराबाट लाग्ने भएकाले ती स्थानमा वनभोज खानेहरु बढेका हुन् । तर स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा वनभोज खानेहरुले थोरै दुःख व्यहोर्नु परिरहेको छ । यसमा स्थानीय पालिकाको ध्यान पुग्नुपर्ने वनभोजमा सहभागीहरुले भनेका छन् । स्थानीय सरकारको बेवास्ताले गर्दा वनभोजस्थल वरपर खाली पानीको बोतल, मदिराका बोतल, खानेकुराको फोहोरको डङ्गुर हुन थालेको छ । ती फोहोरको उचित व्यवस्थापन हुनसकेको छैन । वनभोजमा आएर नाचगान गर्ने, फराकिलो ठाउँको अभाव छ । भिरालो जग्गा भएका कारण दुःखले वनभोज खाने गरेका छन् । बिजुलीको समेत व्यवस्थापन नहुँदा वनभोज आउनेहरुले वैकल्पिक व्यवस्था गर्नुपरेको छ ।

      वनभोजस्थलमा आकर्षक उद्यानसहितको डिपिआर तयार

      बराहक्षेत्र गाउँपालिका–८ का वडाध्यक्ष जयकुमार राईका अनुसार प्रदेश सरकारको सहयोगमा कोशी पुलदेखि केहीमाथि सप्तकोशी किनारमा सुविधा सम्पन्न वनभोजस्थलको डिपिआर तयार गरिएको बताउनुभयो । करिब ५० सवारी अटाउने पार्किङ क्षेत्र, १०० वनभोजस्थल ९पिक्निक स्पर्ट०, सेल्फी स्टेशन, फिसिङ क्षेत्र, बोट चढ्न जाने बाटो, खानेपानीको व्यवस्थापनसहितको डिपिआर बनाएर प्रदेश सरकारलाई पठाइएको छ । आगामी वर्षको पर्यटन शीर्षकको बजेटबाट सबै निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । “तत्काल व्यवस्थापनका लागि वनभोजस्थल व्यवस्थापन समिति बनाउने तयारी भइरहेको छ । शौचालय निर्माण गरिसकिएको र तत्काल खानेपानी र फोहर व्यवस्थापन गर्न लागिएको छ”, अध्यक्ष राईले भन्नुभयो ।

      वनभोजमा आउनेका लागि जेट बोट आकर्षण

      बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले शुरु गरेको चतरामा हाल चारवटा कम्पनीले सातवटासम्म सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् ।

      वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सातवटा जेट बोटबाट कोशी पुलदेखि बराह क्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । करिब १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । सोही बोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

      चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभर नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम, भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा गर्न सकिन्छ । शनिबार जेटबोटबाट सिम्लेसम्म पुग्ने १० जनाभन्दा बढीको समूह हुने गरेको छ । शनिबार जेट बोट मात्र चढ्न रहर गर्नेलाई दुई किमीमाथि कोप्चेसम्म घुमाएर ल्याएको बोटले प्रतिव्यक्ति रु ३०० लिने गरेको छ । सिम्लेसम्म पुग्न भने रु ८०० भाडा लाग्ने बोट चालक राजेश चौधरीले जानकारी दिनुभयो ।

      उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरामा पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको थियो । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजरूपमै जोडिएका छन् । सोही सडकलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा विस्तार गरेको छ । रु ७६ करोड ११ लाख लागतमा कोशी पुल बनेपछि यहाँ चहलपहल बढेको स्थानीय बताउँछन् । दुई सय ६१ दशमलव तीन मिटर लामो यो पुलमा तीनवटा पिलर रहेको उच्च प्रविधिको पुल रहेको कालिका कन्स्ट्रशनले जनाएको छ । यो प्रविधि कर्लाणी पुलमा पनि प्रयोग भएको बताइएको छ ।

      बोपताङ डाँडाबाट प्याराग्लाइडिङ

      कोशी पुलबाट करिब तीन किमी पश्चिम बोपताङ डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ सङ्घले राष्ट्रिय खेलकूद विकास समितिको सहयोगमा एक वर्ष अघि प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि सङ्घको सहयोग र बुढासुब्बा प्याराग्लाइडिङ धरानको समन्वयमा नेपाली सेनालाई प्रशिक्षण दिएर यसको उडानका लागि तालिम प्रशिक्षण केन्द्र सञ्चालन ल्याएको छ ।

      सो प्रशिक्षण केन्द्रले बोपताङ डाँडाबाट बेलायतका एक प्रशिक्षक पेट ग्यलेगरले उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी छ जनालाई आधारभूत तालिम दिइसकेका छन् । उदयपुरको आकाशमा बोपताङ र चम्पाकोट डाँडाबाट यो खेल खेल्न सकिन्छ । बोपताङ डाँडा समुद्र सतहदेखि ५१० मिटर र चम्पाकोट डाँडा समुद्र सतहदेखि ७०० मिटरको उचाइमा रहेको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ सङ्घ सुनसरीका सचिव विकास आचार्यले बताउनुभयो । उहाँका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ डाँडाबाट ४५० मिटर र चम्पाकोट डाँडाबाट ५५० मिटरभन्दा बढी छ ।

      प्याराग्लाइडिङ अवतरण गर्ने स्थल कोशी किनार सामुदायिक वन क्षेत्रको सिसौली चौरदेखि बोपताङसम्म कच्ची सडक निर्माण गरिएको छ । बनभोजमा रमाउन आउनेहरुले मौसम खुलेका बेला प्याराग्लाइडिङको मजा लिने गरेका छन् ।

      आन्तरिक पर्यटकलाई बराह क्षेत्र दर्शनको अवसर

      यहाँ वनभोज खान आउनेहरु नेपालका चार ठूला धाममध्येको बराह धामको दर्शन गर्ने अवसर पाउने छन् । कोशी पुलबाट उत्तर करिब दुई किमी जेटबोटबाट पाँच मिनेटमा पुग्न सकिन्छ । सडक मार्गबाट चार किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ । त्यहाँ बराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ ।

      नेपालमा रहेका प्रसिद्ध चार धाम सप्तकोशी किनारमा रहेको बराह क्षेत्रधाम, बागमती नदी किनारमा रहेको पशुपति क्षेत्र, कालीगण्डकीको शिर मुक्ति क्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्र धाम धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिदैँं आएका छन् । धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि प्रचुर छ । बराह क्षेत्रलगायत कुम्भ नगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ आयोजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ ।रासस

      नयाँ समाचार

      मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने बाटो खुला

      अर्को समाचार

      काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लु पुष्टि

      Dial 100 News

      Dial 100 News

      सम्बन्धितपोस्ट

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      २ घण्टा अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २२ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २३ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

      २ दिन अगाडि
      समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      चुनावका लागि ३ दिन बाँकी, आज मध्यरातदेखि माैन अवधि सुरू

      ३ दिन अगाडि
      अर्को समाचार
      भारतमा बर्ड फ्लू, दक्षिणी नाकामा कडाइ

      काठमाडौंको तारकेश्वर नगरपालिकामा बर्डफ्लु पुष्टि

      आफ्नो प्रतिकृया दिनुहोस्

      हामी ट्विटरमा

      Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
      • चर्चित
      • टिप्पणी
      • भर्खरै
      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      आज चुनाव, बिहान ७ बजेदेखि मत दिन सकिने

      २ घण्टा अगाडि
      तीन प्रहरीलाई बर्खास्त र एसपी राणासहित ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस

      ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षा खटियो’

      २२ घण्टा अगाडि
      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      सिराहा र पर्साका २ उम्मेदवार पक्राउ

      २३ घण्टा अगाडि
      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      माैन अवधि सुरू, के-के गर्न पाइँदैन ?

      २ दिन अगाडि
      • हाम्रो बारेमा
      • हाम्रो समूह
      • बिज्ञापन गर्नुहोस्
      • सम्पर्क गर्नुहोस्

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi

      No Result
      View All Result
      • गृह पृष्ठ
      • समाचार
      • अपराध समाचार
      • नेपाल प्रहरी
      • सशस्त्र प्रहरी
      • नेपाली सेना
      • बिशेष
      • फोटो फिचर
      • भिडियो
      • अन्य

      © 2018 Dial 100 News - All right reserved | Designed by: WebKarmi