झापा । प्रहरीले झापाबाट २८६ कार्टुन मोबाइलका सामग्री बरामद गरेको छ।
भद्रपुर भन्सारबाट मालचाँच गरेर निस्किएका मे १ ज १८२१, प्र.–१–०१–००१–ज ३४७६ र मे १ ज. २२१८ नम्बरका गाडीहरुबाट मोबाइललमा प्रयोग गरिने टफेन्ड (टेम्पर्ड) सेफ्टी ग्लास जम्मा २८६ कार्टुन, ५१९९ केजी, ४,२९,२७२ पिस बरामद गरिएको हो।
ती गाडीहरुमा भन्सार राजश्व शुल्क तिरे भन्दा बढी समानहरु रहेको हुन सक्ने भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उक्त गाडीहरु चेकजाँच गर्ने क्रममा सो मामग्री फेला परेको हो।
प्रहरीले तीनवटै गाडीका चालकहरुसहित सामानका धनी झापाको भद्रपुर नगरपालिका–१० बस्ने वर्ष ४३ को मनोज कुमार श्रेष्ठलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने चालकमा मे १ ज. २२१८ नं. सवारी चालक बुद्दीनाथ पौडेल, मे १ ज १८२१ नं. को सवारी चालक ऋषि कामत र प्र.–१–०१–००१–ज ३४७६ नं.को सवारी चालक मोहन राजवंशी रहेका छन्।
पक्राउ परेका चारैजना उपर जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्