बुटवल । रुपन्देहीमा घुस सहित सशस्त्र प्रहरीका दुइ अधिकृत पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जनालाई पक्राउ गरेको हो।
विहीबार ५० हजार घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारको बुटवल कार्यालयले पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी छन्।
काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिन उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ।


























आफ्नो प्रतिकृया दिनुहोस्