मकवानपुर । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ५९ वर्षीय कुल नरसिंह गोङवा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन हेटौंडाको २०५८ जेठ ३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।
उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्