एजेन्सी । भारतको मध्यप्रदेशको सिधि जिल्लामा मंगलबार भएको बस दुर्घटनामा ५० जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सिधि जिल्लाका जिल्लाधिकारी रबिन्द्र कुमार चौधरीले बस दुर्घटनामा हालसम्म ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
यो दुर्घटनामा अघिल्लो मंगलबार रामपुर नैकिन थानाक्षेत्रमा बिहान लगभग साढे ७ बजे भएको हो । उक्त बस २२ फिट गहिरो नहरमा खसेको थियो ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनामाथि गहिरो दुःख व्यक्त गरेका छन् र दुर्घटनामा ज्यान गुमाउनेहरुका परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्