काठमाण्डौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएकामध्ये ६० जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
माघ २६ र २८ गतेको गृह सचिवस्तरको निर्णयअनुसार बढुवा भएका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नोति भएका ४६ जनामध्ये ३८ जना र विभिन्न समूहको प्राविधिक प्रहरी नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नोति भएका २३ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु रहेका छन् ।

पदोन्नति भएका ८ जना प्रहरी नायव उपरीक्षकहरू र १ जना प्राविधिक प्रहरी निरीक्षक हाल यूएन मिसनमा कार्यरत रहेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्