काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयले व्यापक रूपमा सह-सचिव र उपसचिव (सिडिओ)हरूको हेरफेर गरेको छ।
शुक्रबार गृह मन्त्री रामबहादुर थापाले २५ जना सहसचिव र २७ उपसचिवको सरूवा गर्ने निर्णय गरेका हुन्। गृह मन्त्रालयका अनुसार सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ। उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरूवा भएको छ। गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरूवा भएको छ।
ज्ञानप्रसाद ढकालको धादिङ, तुलसीराम सेढाइँको उदयपुर, अरूण पोखरेलको सिन्धुपाल्चोक, तीर्थराज भट्टराईको महोत्तरी, शालिग्राम शर्मा पौडेलको गोरखा सरूवा भएको छ।
सर्लाहीमा नायणप्रसाद भट्ट र सुरेन्द्र पौडेलको बारा सरूवा भएको छ। यसैगरी, उपसचिव ध्रुवबहादुर खड्काको इलाम, बन्दना राईको ओखलढुंगा, लीलाधर अधिकारीको चितवन, झंकनाथ ढकालको अध्यागमन विभाग, उमाकान्त अधिकारीको काठमाडौं प्रशासन कार्यालय सरूवा भएको छ।




आफ्नो प्रतिकृया दिनुहोस्