काठमाडौँ । आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) पक्षले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरि आन्दोलनको घोषणा गरेको हो ।
केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्