बारा । स्रोत नखुलेको रकमसहित जिल्ला प्रहरी कार्यालयबाराले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी दिपेन्द्र शाहाले जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्