काठमाडौं । आफ्नै श्रीमतीको घाँटीमा सल कपडाले बेरेर कसी, घाँटी थिची हत्या गर्ने सुरज परियारलाई महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेको छ ।
काठमाडौंको कालिमाटी क्लब मार्ग स्थितमा डेरा गरी बस्ने जिल्ला ललितपुर गोदावरी नगरपालीका १२ ठेचो स्थायी घर भएका २२ वर्षीया मिरा सुन्दास परियारको हत्या गरेको अभियोगमा सुरजलाई पक्राउ गरिएको हो ।
मृतक मिरा सुन्दास परियार आफ्नै कोठा भित्र घाँटीमा सल कपडा बेरिई बेहोस अवस्थामा फेला परी निजको दिदी रुपा सुन्दास समेतले तत्काल उपचारको लागी विर अस्पताल महाबौद्ध लगेकोमा निज मिरा सुन्दास परियारको शनिबार बिहान मृत्यु भएको महानगरीय प्रहरीले जानकारी दिएको छ ।
मिरा सुन्दास परियारको मृत्यु भयो भन्ने सुचना प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली घटनास्थल तर्फ खटी गई हेर्दा घटनास्थल संकास्पद देखिएपछी मृतकसँगै बस्दै आएका मृतकाका श्रिमान सुरज परियारलाई पक्राउ गरीएको हो ।
कालीमाटी बस्दै आएका २३ वर्षीय सुरज परियारलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान सोधपुछ गर्ने क्रममा निजले आफ्नो श्रीमतीको घाँटीमा सल कपडाले बेरेर कसी, घाँटी थिची हत्या गरेको हुँ भनी मुखसावित गरेको हुँदा सुरज परियार उपर कर्तव्य ज्यान मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत कालिमाटिले जनाएकोे छ ।
आफ्नो प्रतिकृया दिनुहोस्