काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाका दाजु निरन्जन कोइरालाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएका निरन्जन कोइरालाको आईतबार विहान २ बजे निधन भएको हो । निरञ्जनको दिल्लीस्थित म्याक्स हस्पिटलमा आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो ।
शेखरलाई नेपाली काँग्रेसको सभापति बन्ने दौडमा लाग्न दाजु निरञ्जनले साथ र सहयोग दिँदै आएका थिए। निरंकुश पञ्चायती शासनमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय निरञ्जन नेपालका सफल पर्यटनविद् समेत थिए। पछिल्लो समय दिल्लीमा रहेर उद्योग व्यवसायमा संलग्न निरञ्जन दिल्लीको प्रतिष्ठित व्यावसायि समेत रहेका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्