काठमाडौं । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नुलाई गैरजिम्मेवारपुर्ण हर्कतको संज्ञा दिएका छन् ।
आइतबारको आकस्मिक मन्त्रीपरिषदको बैठकबाट राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरेपछि सामाजिक संजालमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीले लोकतन्त्रको मर्मविपरित काम गरेको र यो अत्यन्त दुःखद रहेको बताएका हुन् ।
‘विगतका अस्थितरतालाई ध्यान दिँदै, बिचमा नै संसद विघटन गरेर अस्थीरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ , त्यसविपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष सिफारिस गरेको खबर प्राप्त भएको छ त्यो अत्यन्तै दुखद छ , भट्टराईले भिडियो सन्देशमा भनेका छन्, ‘संविधानसभामार्फत सुधारिएको प्रणालीलाई यसले धज्जी उँडाएको छ । यो लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ । नेकपाको दुई तिहाई बहुमतको सरकारको गैरजिम्मेवारपुुर्ण हर्कत हो । यो लोकतन्त्रको हितमा छैन र यसको सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’
आफ्नो प्रतिकृया दिनुहोस्