चितवन। ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरी टोलिले औषधि तस्करी गर्दै आएका ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले ठोरीबाट माडी तर्फ आउँदै गरेको ना ४ ख ४४२५ नं.को गाडीमा सवार राजकुमार महतोले बोरामा राखि ल्याएको बिभिन्न किसिमका औषधीहरू फेला पारेको थियो। थप अनुसन्धानको क्रममा माडी ३ बस्ने बालकृष्ण महतो र मिलन महतोको घरमा लुकाई राखेको अवस्थामा बिभिन्न किसिमका रु ३१,०५,६३३ बराबरको थप औषधीहरू समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उक्त औषधिहरु नेपालमा प्रतिबन्धित नेटवर्किङ्ग ब्यापार मार्फत सर्बसाधारणलाई ठगी गर्ने गरी बिक्रीवितरण गर्नको लागी ल्याईएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ्गका अनुसार पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका वडा नं.४ बस्ने बर्ष २८ को राज कुमार महतो ,माडी नगरपालिका वडा नं.३ बघौडा बस्ने बर्ष २२ को बालकृष्ण महतो, माडी नगरपालिका वडा नं.३ बघौडा बस्ने बर्ष २२ को मिलन महतो , कालिका नगरपालिका वडा नं.३ बस्ने बर्ष ३१ को हरिशरण चौधरी , जिल्ला मकवानपुर गढी गाउँपालिका वडा नं.८ बस्ने बर्ष २५ को सुरज गौतम, गढी गाउँपालिका वडा नं.३ बस्ने बर्ष २३ को प्रकाश दाहाल,हेटौडा उपमहानगरपालिका वडा नं.५ बस्ने बर्ष २५ को उज्वल पोख्रेल र जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.२३ बस्ने बर्ष २३ को बिपिन सापकोटा रहेका छन्।
आफ्नो प्रतिकृया दिनुहोस्