हेटौडा । मकवानपुर जिल्ला घर भई बैङ्कक, थाईल्याण्ड बस्ने स्मारिका (नाम परिवर्तित) को नग्न तस्वीर, भिडियो पोर्न साईटमा अपलोड गरि ब्ल्याकमेलिङ गर्ने हेटौडा उपमहानगरपालिका वडा नं। ४, पारिजात पथ वस्ने ३६ वर्षीय अस्लम अन्सारीलाई साईबर ब्युरोले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अन्सरीले बिभिन्न फेक आई.डी. तथा ई-मेल बनाई ईन्टरनेटको दुरुपयोग गरी पिडित महिलाको नग्न तस्वीर तथा भिडियो पोर्न साईटमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटहरुबाट हटाउनको लागि १ हजार ९८ डलरको माग गरी व्ल्याकमेलिङ गर्दै आफ्नै महिला साथीलाई यौन उत्पिडन दिने गर्दथे ।
दुःख हैरानी दिने कार्य गरी ईलेक्ट्रोनिक कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाईएको हुँदा सम्मानित जिल्ला अदालत काठमाण्डौबाट पक्राउ अनुमती लिई अन्सारीलाई गत पुष ७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्