काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका विश्वराज पोखरेललाई प्रहरी नायव महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा एक समरोहबीच नेपाल प्रहरीका महानिरीक्षक क्षेत्रीले पोखरेललाई एआइजी पदको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजी पदमा बढुवा गरेको थियो।
महानिरीक्षक क्षेत्रीले पोखरेललाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाका साथ निर्वाह गर्न समेत निर्देशन दिएका छन्।
उनलाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ। बढुवा भएसँगै पोखरेल हालका प्रहरी महानिरीक्षक क्षेत्रीपछि स्वतस् प्रहरी नेतृत्वमा पुग्छन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायमै रहे पोखरेलले क्षेत्रीको कार्यकालपछि ११ महिना प्रहरी नेतृत्व सम्हाल्छन्।
प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचबाट एआइजीका आकांक्षी पनि थिए। तर, ती सबैलाई किनारा लगाउँदै पोखरेल एआइजी सिफारिस भएका थिए। पोखरेलका ब्याची सबै अहिले डिआइजी छन्।
आफ्नो प्रतिकृया दिनुहोस्