काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १७औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।
तालिम समापनका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक लालमणि आचार्यले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकाइएका आधुनिक प्रविधिका ज्ञान, सीपलाई अनुशासित र धैर्यतापूर्वक कार्यक्षेत्रमा प्रयोग गर्न निर्देशन दिए ।
नेपाल प्रहरीले विभिन्न समयमा प्रदान गर्ने तालिमहरुले प्रहरी कर्मचारीहरुको आत्मबल वृद्धि गरी थप दक्षता हासिल गर्न मद्दत पुग्ने उहाँले बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा २६ जना प्रहरी सहायक निरीक्षकहरुले तालिम हासिल गरेको जानकारी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्