काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल पुगेका छन् ।
कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा सुरु ओली समूहको बैठकमा सहभागी भएका हुन् ।
बादलसँगै पूर्व माओवादी नेता हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल र हरिबोल ओलीतर्फ लागेका छन् ।
यसअघि नै पूर्वमाओवादीतर्फका लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा दुई बजे बस्दैछ ।
आफ्नो प्रतिकृया दिनुहोस्