काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ पक्राउ परेका हुन् ।
२०६३ माघ १४ गते उच्च अदालत पाटनले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै श्रेष्ठलाई ५ वर्ष कैद र ५ हजार जरिवाना सुनाएको थियो । अदालतको फैसला लगत्तै श्रेष्ठ फरार थिए ।
फरार श्रेष्ठको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले उनलाई काठमाडौँको चौमतीबाट पक्राउ गरेको सीआईबीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापाले जानकारी दिए ।
लुकिछिपि बसिरहेको अवस्थामा श्रेष्ठ पुस १ गते पक्राउ परेका हुन् । श्रेष्ठलाई अदालतको फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत बबरमल काठमाडौँ पेश गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्