काठमाडौं । सरकारले विश्वराज पोखरेलको बढुवासँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पालको पदस्थापन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाललाई पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा सरुवा गरेको छ। पाल अपराध अनुसन्धान विभागमा कार्यरत् थिए।
स्रोतका अनुसार बढुवा भएका पोखरेललाई अपराध अनुसन्धान विभाग र पाललाई पोखरेलको ठाउँमा सरुवा गरिएको हो।
रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी कायम रहँदै आएकोमा अब एआइजी राख्ने निर्णय सरकारले गरेको हो।
हालै मात्र संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको थियो। सो दरबन्दीमा डिआइजी पोखरेललाई बढुवा गर्ने निर्णय बढुवा समितिले गरेको थियो।
नेपाल प्रहरीमा तीन एआइजी दरबन्दी रहँदै आएकोमा ओएन्डएममार्फत सरकारले थप एक एआइजी दरबन्दी थपेको हो।
आफ्नो प्रतिकृया दिनुहोस्