काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टक्ष्मी शाक्य चयन भएकी छिन् ।
काठमाडौँको पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको प्रदेश सांसदको भेलाले मुख्यमन्त्री डोरमणी पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रचण्ड–माधव समूहका सांसदहरुले यसअघि नै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिसकेको छ । अविश्वास प्रस्ताव दर्ता गर्दै सो समूहले मुख्यमन्त्रीका रुपमा शाक्यलाई नै प्रस्ताव गरेको थियो ।
पेरिसडाँडा छलफलमा प्रचण्ड–माधव समूहले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली कांग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्