गोरखा । जिल्लाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोना संक्रमण भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको स्वाब परीक्षणको क्रममा सोमबार प्रजिअ भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
सामान्य रुघाखोकी देखिएपछि शुक्रबार प्रजिअ भट्टराईको स्वाब लिएर परीक्षणका लागि पोखरा पठाइएको थियो ।
संक्रमण पुष्टि भएकोबारे प्रजिअ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि जानकारी गराएका छन् । सोमबार गोरखाका प्रजिअसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्