काठमाडौं । आर्थिक अवस्था कमजोर तथा चेतनास्तर कमजोर भएकी २० वर्षीया महिलालाई राम्रो तलव सुबिधा सहितको काममा लगाई दिन्छु भारतको वेश्यालयमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् ।
विशेष सुचनाका आधारमा लुकिछिपी हिडिरहेका सिन्धुपाल्चोक जिल्ला मेलम्चि नगरपालिका घर भई हाल काठमाडौंको नयाँ बस्ती बस्दै आएका ५२ वर्षीय टाउटाउ तामाङलाई मानब बेचविखन अनुसन्धान व्युरोले पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार अनुसन्धान भईरहेको मानब बेचविखन अनुसन्धान व्युराले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्