कञ्चनपुर । गृहमन्त्री रामबहादुर थापा (बादल) का राजनीतिक सल्लाहकार सूर्य सुबेदी (पथिक) लाई कोरोना संक्रमण पुष्टि भएको छ।
गृहमन्त्री थापाका निकट रहेर काम गर्ने सुबेदीले आफ्नो फेसबुक वालमा कोरोना संक्रमण भएको बताउदै सम्पर्कमा रहेका सबैजनालाई स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेका छन्।
अघिल्लो साता सुबेदी गृहमन्त्री थापा र सशस्त्र प्रहरी प्रमुख आइजिपी शैलेन्द्र खनाललगायतसंग दार्चुलाको छाङरु पुगेका थिए।
अघिल्लो सातानै प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक, प्रेस, परराष्ट्र सल्लाहकारलगायत ७६ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो।
आफ्नो प्रतिकृया दिनुहोस्