काठमाडौं । सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् ।
आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् ।
अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्