कास्की । जिल्ला प्रहरी कार्यालयल कास्कीले जबरजस्ती करणी मुद्धामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मस्ताङ जिल्ला थमाङ गाउँपालिका ३ घर भएका ३० वर्षीया हरी सिंजाली मगर रहेका छन् ।
उनले फेसबुकमा चिनजान भएको पोखरा ३१ बस्ने रिना(नाम परिवर्तन) लाई पोखरा ११ फुबारीमा लगर जबरजस्ती करणी गरेको पिडित महिलाले बयान दिएकी छिन् ।
प्रहरीका अनुसार रिना(नाम परिवर्तन)लाई गत ०७६ साल माग ४ गते पोखरा ११ स्थित फुलबारीमा लगेर जबरजस्ती गरेको भन्दै ०७७ साल असोज ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी थिईन् ।
अभियुक्त सिंजालीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक (एसपी) जिबन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पिडित महिला रिना(नाम परिवर्तन) गर्भवती रहेकी छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्