धादिङ। धादिङका नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष तथा गुण्डा नाइके राधा कृष्ण भण्डारी उर्फ ‘राधे’ पक्राउ परेका छन् ।
सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएपछि जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई पक्राउ गरेको हो ।
बालुवा निकाल्ने ठेक्काको म्याद सकिएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डीएसपी लोकनाथ तिम्सिनाले बताए ।
जनप्रतिनिधिले त्यसलाई रोक्न भनेपछि भण्डारीले धम्की दिएको । त्यसपछि गाउँपालिकाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय, धादिङमा उजुरी दिएपछि भण्डारीविरुद्ध पक्राउ पूर्जी जारी भएको डिएसपी तिम्सिनाले बताए ।
उनी २३ जेठमा धादिङमा हतियारसहित पक्राउ परेका थिए । यसअघि ०७० साल २१ असारमा धादिङबाट राजधानी फर्किने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी) लाई गोली हानेपछि उनी चर्चामा आएका थिए । त्यसअघि चरी समूहका आयुप तामाङको समेत उनले हात काटिदिएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्