काठमाडौं । विन्ध्यवासीनि म्युजिक प्रा.लि.का प्रोड्युसर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक प्रमोद खरेल विरूद्ध मुद्दा दायर गरेका छन् ।
गायक खरेलले विभिन्न गीतका ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् ।
विभिन्न समयमा देश तथा विदेशमा आयोजित कार्यक्रमहरुमा गायक खरेलले विन्ध्यवासीनिका ट्र्याकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर भएको हो ।
लाखौंको लगानीमा निमार्ण हुने यस्ता ट्र्याकहरु अनुमतिबीना प्रयोग गर्नुले आफ्नो नैतिक एवं आर्थिक अधिकारको हनन् एवं प्रतिलिपि अधिकार समेत हनन् भएको विन्ध्यवासीनिका सञ्चालक रेग्मीले बताएका छन् ।
कम्पनीकातर्फबाट विज्ञप्ती जारी गर्दै सञ्चालक रेग्मीले यसरी हनन् भएको नैतिक एवं आर्थिक अधिकारको क्षतिपूर्ती भरिमाग्न माग गरेका छन् ।
यसरी लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु चोरी गरेर प्रयोग गर्नु लज्जास्पद रहेको भन्दै रेग्मीले १ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती माग गर्दै प्रतिलिपि रजिष्टारको कार्यलयलाई निवदेन लेखेका हुन् ।
आफ्नो प्रतिकृया दिनुहोस्