भक्तपुर । महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोलीले मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जनालाई एकै दिन पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला ठोसे-३ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखा जिल्ला भिमेश्वर नगरपालिका-४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक जिल्ला पाचँपोखरी थाङपाल गाउँपालिका-७ घर भई हाल काठमाण्डौको कागेश्वरी नगरपालिका-९ मुलपानी बस्ने १९ वर्षीय मनोज लामा रहेका छन् ।
प्रहरीका अनुसार गत ३ गते अन्दाजी बिहान ९ बजेको समयमा भक्तपुरको कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडी पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको एनएस २०० सिसि बजाज कम्पनिको कालो रंङ्गको पल्सर मोटरसाईकल हराएको भन्ने सुचना महानगरीय प्रहरी बृत ठिमी प्राप्त हुनासाथ महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
महाननगरीय प्रहरी वृत ठिमी र अपराध महाशाखा पिसिसिबीको संयुक्त टोलीले अनुसन्धान गर्दा चोरी भएको ठाउमा नजिकै शंकास्पद ब्यक्ति आई फोनको रिचार्ज गरेको र सोहि समयमा नै मोटरसाईकल हराएको भन्ने यकिन हुनासाथ उक्त स्थानमा फेला परेको रिचार्ज कार्डलाई आधार मानि (आपरेसन रिचार्ज कार्ड) नामबाट अनुसन्धान शुरु गरिएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बरलाई आधार बनाई अनुसन्धान गर्दै गर्दा सोमबार पुनः साडे ३ बजेको समयमा मध्यपुर ठिमी नगरपालिका स्थित मगरगाउँमा पार्किङ गरी राखेको प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको एनएस २०० सिसि बजाज कम्पनिको सेतो रंङ्गको पल्सर मोटरसाईकल समेत चोरी भएको घटनालाई समानान्तर अनुसन्धान गर्दै जाने क्रममा मध्यपुर ठिमी नगरपालिका बोडेमा रहेको बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्टको अगाडि सडकमा लु ६३ प ७०७४ नम्बरको २२० सिसिको एनएस पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७ नं को प्लेट जडान गरिएको अवस्थामा फेला परेको हो ।
चोरी गर्ने ब्यक्तिको निगरानी गरिरहेको अबस्थामा करिव १६ः३० बजे प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर मोटरसाईकल सहित १८ वर्षीय अरुण तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिए ।
पक्राउ परेका अरुण तामाको प्रारम्भिक अनुसन्धान पछि २२ वर्षीय महेश तामाङलाई र महेस तामाङको प्ररम्भिक अनुसन्धान पछि २९वर्षीय मनोज लामालाई मुलपानीबाट पक्राउ गरेको हो ।
उनिहरुको साथबाट लु ६३ प ७०७४ नम्बरको २२० सिसिको एनएस पल्सर मोटरसाईकल नम्वर परिवर्तन गरेको अवस्थामा परिवर्तित नम्बर प्रदेश ३-०२-०१७ प ६१६७, प्रदेश ३-०३-०१० प १५६७ नम्बरको २२० सिसिको रातो कालो रंगको पल्सर, प्रदेश ३-०२-०१८ प ४७४१ नम्बरको २२० सिसिको निलो पल्सर र प्रदेश ३-०२-००३ प ३८३५ नम्बरको २२० सिसिको सेतो रंङ्गको पल्सर एनएस गरी जम्मा ४ वटा मोटरसाईकल बरामद गरेको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्