काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ ।
आइतबार स्थगित भएको सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने तय भएको स्रोतले जानकारी दिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डबीच सोमबार पनि छलफल भएको थियो ।
मङ्गलबार बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्