काठमाडौँ। ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले शुक्रबार पत्रकार खेमराज खनाललाई प्रदान गरेको नेपाल प्रहरी स्मारक गुठीको आजीवन सदस्यता आज खारेज गरेको छ। सामाजिक संजालमा फेसबुक ग्रुप र ट्विटरमा समेत उनको सदस्यतालाई लिएर चर्को विरोध भएपछी उनको सदस्यता खारेज गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ। उनले रु १०००० तिरेर सदस्यता लिएका थिए। उनलाई प्रदान गरिएको सम्मान पत्र समेत प्रहरी प्रधान कार्यालयले फिर्ता लिगेको छ।
उनको चालचलन ठिक नदेखिएको र प्रकृया समेत पुरा नगरेको भन्दै उक्त सदस्यता खारेज गरेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। “उहाँ पूर्व देखि पच्चिम सम्म प्रहरी कार्यालयहरुमा जाने र प्रहरीका हाकिमहरु सँग फोटो खिचेर फेसबुकमा हालेर पत्रकार हूँ भन्दै हिड्नेमात्र रहेछन ,मैले अहिले सम्म उनले प्रहरीका बिषयमा लेखेको समाचार देखेको वा सुनेको छैन। उहाँको काम फोटो खिच्ने हाल्ने मात्र जस्तो लाग्छ। “प्रहरी प्रधान कार्यालयमै कार्यरत एक प्रहरी अधिकारी बताउँछन्।
त्यस्तै प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको जन्मदिनको शुभकामना सामाजिक संजालमा पोस्ट गरेर सम्बन्ध राख्दै बिचौलिया काम गर्दै आएका व्यक्तिहरुमाथि पनि निगरानी बढाएको छ। पाचँ नम्बर प्रदेशमा कार्यरत एक एसपीले शुभकामना दिँदै हिड्ने एक व्यक्तिसँग सेटिंगमा तस्करी गराएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेपछि त्यस्ता व्यक्तिहरु माथि निगरानी बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्