एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)का पूर्व प्रमुख अश्वनीकुमारले आत्महत्या गरेका छन्। उनको शव शिमलास्थित घरमा फेला परेको हो। प्रहरीले उनले आत्महत्या गरेको बताएको छ।
प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट पारेको छ। सुसाइड नोटमा ‘आफ्नो अपांगताका कारण यस जीवनलाई समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको’ उल्लेख गरिएको छ।
परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अश्वनीकुमारले दिउँसो मन्दिर गएका थिए भने साँझमा ध्यान पनि गरेका थिए। साँझको बेला उनका छोराबुहारीले बाहिरबाट फर्कँदा बन्द कोठाभित्र डोरीमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए।
उनी सन् २००८ र २०१० को बीचमा सिबीआई प्रमुख बनेका थिए भने त्यसपछि उनी मणिपुर र नागाल्याण्डका गभर्नर पनि बनेका थिए। त्यसपछि उनी एपिजी गोयल शिमला विश्वविद्यालयको कुलपति पनि भएका थिए।
त्यहाँबाट २०१८ मा अवकाश लिएका थिए। उनी हिमाञ्चल प्रदेश, सिबीआई तथा प्रधानमन्त्रीलाई सुरक्षा दिने सरकारी एजेन्सी एसपिजीको महत्वपूर्ण पदमा थिए।
आफ्नो प्रतिकृया दिनुहोस्