कैलाली । जिल्लाको धनगढीमा उपमहानगरपालिका-८ स्थित एक घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् ।
आगलागी हुँदा ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट घाइते भएका हुन्। प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।
खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्