काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न पसलहरुबाट ‘पिपुल कियर नेपाल’ नामक संस्थाको लागि भन्दै ५३ लाख ३१ हजार बराबर रकम ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न पसलहरुबाट संस्थाको लागि भन्दै फर्निचर, कार्पेट, ईलक्ट्रोनिक्स सामान र स्टेसनरीको सामान खरीद गरी भुक्तानी नगरी घर धनि समेतलाई ५३ लाख ३१ हजार २ सय ५३ रुपैया ठगि गर्ने सिन्धुली जिल्ला मरिन गाउँपालिका ७ बारविसे घर भई हाल काठमाडौको वेसीगाउँ बस्दै आएका ३३ वर्षिय निरञ्जन थापालाई महानगरीय प्रहरी परिसर ललितपुरलेले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले ठगिको सामग्री सहित गत २१ गते पक्राउ गरेको थियो। थापाले ‘मायालुको गाउँ’ नामक बोलको गित समेत गाएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्