पर्सा । जिल्लाको वीरगन्ज महानगरपालिका-१६ स्थित देव पार्टी प्यालेसमा बुधबार दिउँसो लोकसेवा आयोगको नक्कली परीक्षा लिइरहेको नक्कली प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ६ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार त्यहाँ राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदका लागि २१, सहायक प्रहरी निरिक्षक (असई)का लागि दुई र खरिदारका लागि एक जना परीक्षा दिँदै थिए।
प्रहरीले नक्कली प्रहरी निरीक्षक बनेर प्रहरी पोसाकमै त्यहाँ उपस्थित बाराको जितपुर सिमरा उपमहानगरपालिका -७ चौधरी टोलका २९ वर्षीय अजय कुमार रायको ठगी योजनामा नक्कली परीक्षा सञ्चालन भएको दावी गरेको छ।
रायले आफूलाई इलाका प्रहरी कार्यालय नगवा पर्सामा कार्यरत रहेको बताउँदै आएका थिए।
लोकसेवा आयोगको परीक्षाजस्तो बनाउन उनले बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ बस्ने ५७ वर्षीय हिरालाल महतो, २८ वर्षीय बसन्त चौधरी, पर्साको विरगन्ज महानगरपालिका-१६ का २१ वर्षीय रवि कुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका-५ सबैठवाका ४७ को शिव नारायण चौरसिया र विरगन्ज महानगरपालिका-२७ रानीघाटका २५ वर्षीय रामजी चौरसियालाई पक्राउ गरेको छ।
नक्कली प्रहरी निरीक्षक बनेका रायले विभिन्न १३ जना परिक्षार्थीलाई जागिर लगाइदिने भन्दै तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दावी छ।
यसअघि २०७२ सालमा सरकारी छाप तथा दस्तखत कीर्तेमा राय एक सय १० दिन जेल बसेर छुटेको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्