कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले अव्यबस्थित सुकुम्बासी समस्या समाधान आयोग बनाई ठगि गर्ने गिहोहका ५ जनालाई पक्राउ गरेको छ। आफुहरु उक्त आयोगको सदस्य हौ भन्दै उनिहरुले उनीहरुले २३ जना व्यक्तिबाट सात हजारका दरले १ लाख ६१ हजार रुपैंया ठगि गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन श्रेष्ठका अनुसार उनिहरुले पोखरा महानगर पालिका वडा नम्बर १४ भोटेको चौतारामा रहेको ३०० रोपनी जग्गा सुकुम्बासीलाई बस्ति निर्माण गरि दिने प्रलोभन देखाएर ठगि गर्दै आएका थिए।
उनीहरुले उक्त बस्तीको सिलान्यास भूमिसुधार मन्त्रि आएर गर्ने कार्यक्रम रहेको बताउने गरेको पनि पाईएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँ पालिका ९ बस्ने बर्ष ३९ को हिरा तामाङ्ग,पोखरा महानगरपालिका १४ बस्ने वर्षा ३७ कि रिता बिक ,पोखरा ११ बस्ने २२ बर्षकी सोनु परियार ,पोखरा १४ बस्ने वर्ष ३० को रमेश कुमार परियार र पोखरा १४ कै बर्ष ३५ को ओम बहादुर सुनार रहेका छन्। उनीहरुको साथबाट नक्कली आयोगको केहि कागजात समेत बरामद भएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्