रुपन्देही । जिल्लाको बुटवलमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १० का ८० बर्षीय पुरुष रहेका छन् ।
उनको बुधबार राति बुटवलको कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई असोज १२ गते कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।
कोरोना संक्रमण देखिएपछि ती पुरुषलाई बुधबार नै कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो ।
मुटु र प्रेसर रोगका समस्या रहेका तप् पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्