काठमाडौं । मलेशियामा रहेर गुण्डागर्दी तथा व्यक्ति अपहरण र फिरौती असुलीमा समलग्न डेभिड भनिने दुर्गा बहादुर श्रेष्ठ विरुद्ध मलेशियास्थित नेपाली दूतावासमा समेत उजुरी परेको छ । डेभिड विरुद्ध अपहरणमा परेका भनिएका पीडित मध्म रैदासले उजुरी दिएका हुन् ।
तेह्रथुम जिल्लाको सोल्मा गाविस वडा नम्र ८ घर भई हाल मोरङ जिल्लाको साविक सुन्दरपुर गाविस वडा नम्बर ५ स्थायी बसोबास भएका श्रेष्ठ लामो समयदेखि मलेशियामा गुण्डागर्दीमा समलग्न थिए ।
उनी मलेशिया स्थित टप ग्लोब नामक कम्पनिमा कर्नर क्यान्टिन समेत सञ्चालन गर्छन् । उनलाई सिआइबीले केही दिनअघि पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई सिआइबीले प्रेस रिलिज मार्फत बुधबार सार्वजनिक गरेको थियो । उनी विरुद्ध दुतावसमा परेको उजुरीमा आफूलाई डेभिडले अपहरण गरि बन्धक बनाएर फिरैती असुली गरेको आरोप लगाइएको छ ।
पीडित रैदासले दिएको उजुरी अनुसार २०७७ साल असार ११ गते उनलाई मलेशियाको विभिन्न ठाउँमा बन्धक बनाइएको थियो । रदासकी श्रीमती अनिताले आफ्नो श्रीमानलाई अपहरणबाट मुक्त गर्न भन्दै हिमालयन बैंकमा रहेको डेभिडको खाता नम्बर ००२०८६२८३२००१२ मा पटक पटक गरि १५ लाख ९२ हजार रुपैयाँ जम्मा गरेकी थिइन् ।
यत्रो पैसा किन पठाएको भन्दै बैंकका कर्मचारीले प्रश्न गरेपछि उनले ‘मेरो श्रीमान मलेशियामा अपहरणमा परेको छ’ उहाँलाई मुक्त गर्न भन्ने जवाफ दिएकी थिइन् । त्यसपछि बैंकका कर्मचारीले नै सिआइबीलाई खबर गरेको उजुरीमा उल्लेख छ ।
उजुरी अनुसार रदासकी श्रीमति अनिताले सिआइबी उजुरी दिएको थाहा पाएपछि डेभिडले जबरजस्ती मलेशियन प्रहरीमा लगि विभिन्न कागजातमा हस्ताक्षेर गराएका थिए । डेभिडले पीडित रैदासले स्यंम पैसा चोरेको हुँ भन्ने कागजातमा जबरजस्ती हस्ताक्षेर गराएको बुझिएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्